Logo

२०८३, आश्विन १०गते


images
images

अल नासरबाट अलग भए प्रशिक्षक पियोली

अल नासरबाट अलग भए प्रशिक्षक पियोली

images
  • अल नासरबाट अलग भए प्रशिक्षक पियोली
    images
    images

    काठमाडौँ । साउदी प्रो लिग क्लब अल नासरले मुख्य प्रशिक्षक स्टेफानो पियोलीलाई हटाएको छ । यस सिजनमा क्लब उपाधि विहिन बनेपछि अल नासरले प्रशिक्षक पियोलीलाई हटाएको हो ।

    images
    images
    images

    अल नासर यस सिजनमा साउदी प्रो लिगमा तेस्रो स्थान हासिल गरेको थियो । अल नासर आधिकारिक रूपमा इटालियन मुख्य प्रशिक्षक स्टेफानो पियोली क्लबबाट अलग भएको जानकारी दिएको छ ।

    images
    images
    images

    रियादमा पियोलीको कार्यकाल सफल हुन सकेन, अल नासर यस सिजनमा सबै घरेलु प्रतियोगिताहरूमा असफल भयो ।

    images
    images
    images

    अल नासर अब २०१९ देखि लिग उपाधि बिहिन रहेको छ र अन्तिम पटक १९९० मा किंग्स कप जितेको थियो । अल नासरको सबैभन्दा पछिल्लो ट्रफी जनवरी २०२१ मा साउदी सुपर कप रहेको थियो ।

    अल नासरको व्यवस्थापनले प्रशिक्षकसँगको आपसी समझदारी पछि, पियोलीको सम्झौताको बाँकी ११ मिलियन युरो किस्तामा तिर्न सहमत भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    स्पेनी निर्देशक फर्नान्डो हिएरोको नेतृत्वमा रहेको क्लबको प्राविधिक टिमले नयाँ प्रशिक्षकको खोजी शुरु गरेको बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।