Logo

२०८३, आश्विन १०गते


images
images

पाउल पोग्वाको पुनरागमन, मोनाकोसँग दुई बर्षको सम्झौता

पाउल पोग्वाको पुनरागमन, मोनाकोसँग दुई बर्षको सम्झौता

images
  • पाउल पोग्वाको पुनरागमन, मोनाकोसँग दुई बर्षको सम्झौता
    images
    images

    काठमाडौँ । फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले अन्तत: फुटबलमा पुनरागमन गरेका छन् । ३२ बर्षिय पोग्वाले फ्रेन्च क्लब एएस मोनाकोसँग २ बर्षको सम्झौता गर्दै फुटबलमा पुनरागमन गरेका हुन् ।

    images
    images
    images

    प्रतिबन्धित ड्रग्स सेवन गरेको पुष्टि भएपछि पोग्वा २०२३ को सेप्टेम्बरदेखि मैदान बाहिर रहेका थिए ।

    images
    images
    images

    १८ महिनाको प्रतिबन्ध खेपेपछि पोग्वाको प्रतिबन्ध गत मार्चमा हटेको थियो । उनले गत बर्षनै युभेन्टससँग सहमतिमा आफ्नो सम्झौता अन्त्य गरेका थिए र अहिले फ्री-ट्रान्सफरमा मोनाकोमा आवद्ध भएका छन् ।

    images
    images
    images

    पोग्वाको प्रतिबन्ध हटेपछि उनी अमेरिकन लिग, साउदी प्रो लिगमा जाने समेत चर्चा चलिरहेको थियो । तर अब उनले फ्रेन्च लिगमा खेल्ने सहमति गरेका छन् ।

    मोनाकोले पोग्वासँग २०२७ को जुन ३० सम्म सम्झौता गरेको जानकारी दिएको छ । पोग्वाले मोनाकोसँग सम्झौता हस्ताक्षर गर्दा भावुक भएर रोएको भिडियो मोनाकोले सार्बजनिक गरेको छ ।

    पोग्वाले मोनाकोसँग सम्झौता गरेपछि फ्रान्सका स्टार फुटबलर किलीयन एम्बाप्पेले खुसी व्यक्त गर्दै- पोग ब्याक, लेट्स गो मोनाको' सन्देश लेखेका छन् । मोनाको एम्बाप्पेको पनि पुर्व क्लब हो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।