Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी यू-१६ इस्ट जोन

नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित

नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित

images
  • नेपालको इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित
    images
    images

    काठमाडौँ । नेपालले इन्डोनेसियालाई ३७० रनको फराकिलो अन्तरले पराजित गरेको छ । एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछाएको इन्डोनेसिया २४.३ ओभरमा केवल ५० रन बनाएर अल आउट भएको हो । इन्डोनेसियाको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली कप्तान विपिन प्रसाद शर्माले ६ विकेट लिएका थिए । 

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ४२० रन बनाएको थियो । नेपालका लागि ओपनर प्रसिद्ध जैसीले शतकीय पारी खेल्दै सर्बाधिक १३२ रन बनाएका थिए । त्यस्तै अर्का ओपनर परिमार्जन यादव २८ बलमा ७१ रन बनाएका थिए । त्यसैगरी रौनक श्रीवास्तवले ८८ रन बनाएर आउट भए भने जोय थापाले ५७ रन बनाएका थिए । त्यस्तै सुगम बुढाथोकीले अविजित ३९ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै इन्डोनेसियाका बलर केटुट दर्मा पुट्राले २ विकेट लिए भने केभिन नीरज चड्डा, महेन्द्र अजी युदा प्रतामा र रेहान रिजाले एक एक विकेट लिएका थिए ।

    images
    images
    images

    यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । यो नेपालको यस प्रतियोगितामा लगातार तेस्रो जित हो ।

    अब नेपालले समुह चरणको अन्तिम खेल जुलाई १ मा भुटानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।