Logo

२०८३, आश्विन १०गते


images
images

बसले ठक्कर दिँदा देउसीभैलो खेल्न हिँडेका २ जनाको मृत्यु, ४ घाइते, चालक फरार, स्थानीयद्वारा बसमा आगजानी

बसले ठक्कर दिँदा देउसीभैलो खेल्न हिँडेका २ जनाको मृत्यु, ४ घाइते, चालक फरार, स्थानीयद्वारा बसमा आगजानी

images
  • बसले ठक्कर दिँदा देउसीभैलो खेल्न हिँडेका २ जनाको मृत्यु, ४  घाइते, चालक फरार,  स्थानीयद्वारा बसमा आगजानी
    images
    images

    मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ  । दुर्रघटनामा परि  अन्य चार जना घाइते भएका छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा हेटौंडा-१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

     

    images
    images
    images

    रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

    ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरुपमा जलेर नष्ट भएको छ । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # मकवानपुर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।