Logo

२०८३, आश्विन १०गते


images
images

एएफसी महिला एसियन कप

लाओसविरुद्ध यस्तो छ नेपालको प्लेइङ- ११

लाओसविरुद्ध यस्तो छ नेपालको प्लेइङ- ११

images
  • लाओसविरुद्ध यस्तो छ नेपालको प्लेइङ- ११
    images
    images

    काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा लाओसविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती प्लेइङ- ११ सार्वजनिक भएको छ ।

    images
    images
    images

    उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा हुने यस खेलमा नेपाली टिमको कप्तानको जिम्मेवारी रेनुका नगरकोटी रहेकी छन् भने गोलकिपर अन्जना रानामगर खेल्दैछिन् ।  यस खेलबाट सरस्वती हमालले डेब्यू गरेकी छन् भने मिडफिल्डर सरु लिम्बुले आज आफ्नो ५०औं खेल खेल्दैछिन् । 

    images
    images
    images

    डिफेन्समा समीक्षा घिमिरे, पुजा राना र निशा थोकर खेल्दैछन् । मिडफिल्डमा सरु लिम्बु, रेनुका नगरकोटी, सरस्वती हमाल,  सबिता रानामगर र अनिता बस्नेत रहेका छन् । त्यस्तै फरवार्डमा साबित्रा भण्डारी र रश्मी घिसिङ खेल्दैछन् ।  यसअघि नियमित खेल्दै आएका रेखा पौडेल, प्रीति राई र एन्जिला सुब्बा सुरुवाती प्लेइङ-११ मा परेका छैनन् ।

    images
    images
    images

    नेपाली महिला टिमको यो १००औं अन्तर्राष्ट्रिय खेल भएकाले यो खेल विशेष रहेको छ । महिला फुटबलमा नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो । फिफा वरियतामा नेपाल १००औं स्थानमा छ भने लाओस १०७औं स्थानमा छन् ।

    त्यस्तै प्रशिक्षक प्याट्रिक डि वाइल्डका लागि पनि यो नेपाली राष्ट्रिय महिला टिममा डेब्यू खेल हो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।