Logo

२०८३, आश्विन १०गते


images
images

एएफसी महिला एसियन कप

रोचक बन्यो समुह एफ: नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर

रोचक बन्यो समुह एफ: नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर

images
  • रोचक बन्यो समुह एफ: नेपाल र उज्बेकिस्तानको अंक र गोल दुवै बराबर
    images
    images

    काठमाडौं । उज्बेकिस्तानले जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा लाओसलाई पराजित गरेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न खेलमा उज्बेकिस्तानले लाओसलाई ७-० गोल अन्तरले पराजित गरेको हो । यो उज्बेकिस्तानको लगातार दोस्रो जित हो भने लाओसको लगातार दोस्रो हार हो ।

    images
    images
    images

    उज्बेकिस्तानको यो जितपछि समुह एफ भने रोचक बनेको छ र नेपाललाई केहि फाइदा भएको छ ।  समुह एफ मा नेपाल र उज्बेकिस्तानको २-२ खेलमा ६-६ अंक भएको छ । रोचक कुरा नेपाल र उज्बेकिस्तानले दुवै खेलमा १७-१७ गोल गरेका छन र दुवैले कुनै गोल खाएका छैनन् । दुवैको गोल अन्तर १७-१७ नै रहेको छ ।

    images
    images
    images

    अब शनिबार हुने नेपाल र उज्बेकिस्तानबीचको खेल निर्णायक हुने भएको छ । दुवैका लागि यो खेलको जित आवश्यक भएको छ । फाइनल जस्तै भएको यस खेलको विजेता देश अर्को बर्ष अस्ट्रेलियामा हुने एफसी महिला एसियन कपका लागि छनौट हुने छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।