Logo

२०८३, आश्विन ११गते


images
images

नेपाल मलेसियालाई हराउदै एसीसी यू-१६ इस्ट जोनको फाइनलमा

नेपाल मलेसियालाई हराउदै एसीसी यू-१६ इस्ट जोनको फाइनलमा

images
  • नेपाल मलेसियालाई हराउदै एसीसी यू-१६ इस्ट जोनको फाइनलमा
    images
    images

    काठमाडौँ । नेपाल मलेसियालाई हराउदै एसीसी यू-१६ इस्ट जोन प्रतियोगिताको फाइनलमा पुगेको छ । विहिवार सम्पन्न सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

    images
    images
    images

    मलेसियाले दिएको ९१ रनको लक्ष्य पछाएको नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा परिमार्जन यादवले अविजित ५९ रन बनाए भने शिवांश बजगाईले अविजित २३ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मलेसियाले ४३.१ ओभरमा अल आउट हुदै ९० रन बनाएको थियो । मलेसियाका लागि मुहमद फाथुल मुइनले सर्बाधिक ३८ रन बनाए भने कप्तान डीआज पात्रोले १० रन बनाएका थिए । मलेसियाक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    images
    images
    images

    त्यसैगरी मलेसियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर अभय यादवले सर्बाधिक ४ विकेट लिए भने शुभम खनालले ३ विकेट लिए । त्यस्तै कप्तान विपिन शर्मा र सचिन भट्टले एक एक विकेट लिएका थिए ।

    अब नेपालले फाइनलमा हङकङ चाइना र सिंगापुरबीचको विजेतासँग शनिवार खेल्ने छ । त्यस्तै पराजित भएको मलेसियाले हङकङ चाइना र सिंगापुरबीच पराजित हुने टिमसँग तेस्रो स्थानका लागि शनिबार नै खेल्ने तालिका रहेको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।