Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल सिजन- १४

दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो

दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो

images
  • दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो
    images
    images

    ०८ बैशाख एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपीएल) क्रीकेटमा मंगलवार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्स लाइ हराएको छ । चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न भएको खेलमा दिल्लीले मुम्बईलाई ६ विकेटले हराएको हो ।

    images
    images
    images

    टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १३८ रनको लक्ष्य पाँच बल बांकी छंदै ४ विकेट गुमाएर भेट्टायो ।

    images
    images
    images

    दिल्लीका लागि शिखर धवनले सर्वाधिक ४५ रन बनाउँदा स्टिभ स्मिथले ३३, ललित यादवले २२ र शिम्रोन हेटमायरले १४ रन जोडे। मुम्बईका जयन्त यादव, जसप्रित बुमराह, राहुल चहर र काइरोन पोलार्डले १/१ विकेट लिए ।

    images
    images
    images

    FB_IMG_1618960992194.jpgयस्तै मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाउँदा इशान किशानले २६ रन बनाएका थिए। सूर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन जोडे। 
    दिल्लीका अमित मिश्राले सर्वाधिक ४ विकेट लिँदा अभेस खानलेले २ तथा मार्कस स्टोइनिस, कगिसो रबाडा र ललित यादवले समान १/१ विकेट लिए ।

    जारी आइपिएलमा चार खेल खेलेको दिल्लीले तीन पटक जितेको छ भने ६ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल खेलेको मुम्बईले २ पटक जितेको छ २ पटक हारेको छ ।
    रोयल च्यालेन्जर्स बेंगलोर ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स ३ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा छ । समान ३ खेलमा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र पन्जाब किंग्सको समान २ अंक छ । नेट रनरेटको आधारमा कोलकता पाँचौं, राजस्थान छैटौं र पन्जाब सातौं स्थानमा छ । हैदराबाद ३ खेलमानै पराजित हुँदै अंक विहिन हुँदै पुछारमा छ ।

    आइपिएलमा बुधबार पन्जाब र हैदराबाद तथा कोलकाता र चेन्नईबीच प्रतिस्पर्धा हुने छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।