Logo

२०८३, आश्विन ११गते


images
images

पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

images
  • पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
    images
    images

    काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ ।

    images
    images
    images

    स्पेनी समाचार एजेन्सी इएफएका अनुसार २८ वर्षीय जोटाको उत्तरपश्चिमी स्पेनको जामोरा नजिकै भएको दुर्घटनामा मृत्यु भएको हो ।

    images
    images
    images

    रिपोर्टका अनुसार दुर्घटनामा उनका भाइ आन्द्रेको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १२: ४० बजे भएको थियो, जब उनीहरु चढेको कार सडकमा दुर्घटनाग्रस्त भयो र आगो लाग्यो । जोटाले विवाह गरेको १० दिनपछि मात्र दुर्घटनामा मृत्यु भएको छ । 

    images
    images
    images

    उनी व्यावसायिक रुपमा लिभरपुलबाटखेलिरहेका थिए । जोटाले सेप्टेम्बर २०२० मा वोल्भरह्याम्प्टन वान्डरर्सबाट लिभरपुलमा आवद्ध भएका थिए । उनले लिभरपुलका लागि १८२ खेलमा ६५ गोल गरेका थिए ।  

    उनका भाइ, २६ वर्षीय आन्द्रे पनि फुटबलर नै थिए ।  उनले पोर्चुगिज दोस्रो डिभिजन क्लब पेनाफिलबाट खेलिरहेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।