Logo

२०८३, आश्विन ११गते


images
images

टेस्ट क्रिकेट

इङल्याण्डविरुद्ध गिलको कीर्तिमान !

इङल्याण्डविरुद्ध गिलको कीर्तिमान !

images
  • इङल्याण्डविरुद्ध गिलको कीर्तिमान !
    images
    images

    काठमाडौँ । भारतीय टेस्ट टिमका कप्तान शुभमन गिलले इङल्याण्डविरुद्ध जारी टेस्ट सिरिजमा कैयौं किर्तिमान बनाएका छन् । इङल्याण्डविरुद्ध दुई टेस्टमा तीन शतक, जसमा एक दोहोरो शतक बनाएर गिलले सिरिजमा शानदार शुरुवात गरेका छन् ।

    images
    images
    images

    गिलले दोस्रो टेस्टको पहिलो इनिंगमा २६९ र दोस्रो इनिंगमा १६१ रन बनाएर कैयौं किर्तिमान बनाएका छन् ।

    images
    images
    images

    भारतीय क्रिकेटमा 'प्रिन्स' उपनामले चिनिने गिलले दुई इनिङमा दुई शतक बनाएपछि क्रिकेटका 'किङ' उपनामले चिनिने विराट कोहलीले इन्स्टाग्रामा एक पोस्ट गर्दै गिलको प्रशंसा गरेका छन् । 

    images
    images
    images

    गिलले टेस्ट म्याचमा कुनै पनि भारतीयले सबैभन्दा धेरै रन बनाउने रेकर्डमा महान क्रिकेटर सुनील गावस्करलाई पछाडि पारेका छन् । गिलले दोस्रो टेस्टमा ४३० रन बनाएर गावस्करले १९७१ मा बनाएको किर्तिमान तोडेका छन् ।

    गावस्करले १९७१ मा पोर्ट अफ स्पेनमा वेस्ट इन्डिज विरुद्धको टेस्टमा ३४४ रन बनाएका थिए । उनी एउटै टेस्टमा २०० र १०० रन बनाउने गावस्कर पछि दोस्रो भारतीय क्रिकेटर पनि बनेका छन् । 

    एकै टेस्टमा धेरै रन बनाउने तेस्रो खेलाडी वीवीएस लक्ष्मणले २००१ मा अस्ट्रेलियाविरुद्ध ३४०, सौरभ गांगुलीले २००७ मा पाकिस्तानविरुद्ध ३३० र २००८ मा विरेन्द्र सहवागले दक्षिण अफ्रिकाविरुद्ध ३१९ रन बनाएका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।