Logo

२०८३, आश्विन ११गते


images
images

भारत र इङल्याण्डबीचको दोस्रो टेस्टको पाँचौं दिनको खेल बर्षाले प्रभावित

भारत र इङल्याण्डबीचको दोस्रो टेस्टको पाँचौं दिनको खेल बर्षाले प्रभावित

images
  • भारत र इङल्याण्डबीचको दोस्रो टेस्टको पाँचौं दिनको खेल बर्षाले प्रभावित
    images
    images

    काठमाडौँ । भारत र इङल्याण्डबीचको दोस्रो टेस्टको पाँचौं दिनको खेल बर्षाले प्रभावित भएको छ । इङल्याण्डको बर्मिङ्घममा वर्षा भएपछि पाँचौं तथा अन्तिम दिनको खेल सुरु हुन सकेको छैन ।

    images
    images
    images

    यस खेलमा भारतले इङल्याण्डलाई ६०८ रनको लक्ष्य दिएको छ । ६०८ रनको लक्ष्य पाएको इङल्याण्डले खेलको चौथो दिन सकिदा ३ विकेट गुमाएर ७२ रन बनाएको छ भने जितका लागि अझै ५३६ रन आवश्यक रहेको छ । त्यस्तै भारतको जितको लागि ७ विकेट आवश्यक रहेको छ ।   

    images
    images
    images

    जारी दोस्रो टेस्टमा भारतले दोस्रो इनिंगमा ६ विकेट गुमाएर ४२७ रन बनाएपछि आफ्नो इनिंग घोषणा गर्दै इङल्याण्डलाई ६०८ रनको लक्ष्य दिएको थियो । भारतले इङल्याण्डमाथि पहिलो इनिंगमा १८० रनको अग्रता बनाएको थियो ।

    images
    images
    images

    दोस्रो इनिंगमा भारतका लागि कप्तान शुभमन गिलले शानदार शतकीय पारी खेल्दै १६१ रन बनाएका थिए । त्यस्तै रविन्द्र जडेजाले ६९ र ऋषव पन्तले ६५ रन बनाएका थिए । त्यस्तै के एल राहुलले ५५ रनको योगदान दिएका थिए ।

    यस टेस्टमा भारतले पहिलो इनिंगमा ५८७ रन बनाएको थियो भने इङल्याण्डले ४०७ रन बनाएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।