काठमाडौँ । अस्ट्रेलियामा 'द टप इन्ड टी-२० सिरिजमा खेल्ने टिमको टुंगो लागेको छ । अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।
प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुदैछन् ।
२०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिने भएको आयोजकले जनाएका छन् ।
यो प्रतियोगितापछि नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक टी-२० सिरिज खेल्ने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology