काठमाडौँ । बंगलादेशविरुद्ध हुने टी-२० सिरिजका लागि पाकिस्तानी टिमको घोषणा गरिएको छ । पाकिस्तान क्रिकेट बोर्डले १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
यस सिरिजका लागि सलमान आगालाई टोलीको कप्तान नियुक्त गरिएको छ । अहमद दानियल र सलमान मिर्जा (अनक्याप्ड) ले पहिलो पटक टोलीमा मौका पाएका छन् । साथै, बाबर आजम, मोहम्मद रिजवान र शाहीन शाह अफ्रिदी जस्ता प्रमुख खेलाडीहरू बंगलादेश भ्रमणका लागि छनोट भएका छैनन् ।
टी-२० सिरिज जुलाई २० बाट सुरु हुनेछ । यसपछि दोस्रो र तेस्रो खेल जुलाई २२ र २४ मा हुनेछ । तीनवटै खेल मिरपुरमा खेलिनेछन् ।
फास्ट बलर हरिस रौफले पनि मौका पाएका छैनन्, उनी अमेरिकामा मेजर लिग क्रिकेट (एमएलसी) २०२५ मा खेल्दा घाइते भएका थिए । शादाब खानले हालै काँधको शल्यक्रिया गराएका छन् र हाल पुनर्वासमा छन् ।
पाकिस्तानको टिम: सलमान आघा (कप्तान), अब्रार अहमद, अहमद दानियल, फहीम अशरफ, फखर जमान, हसन नवाज, हुसेन तलत, खुशदिल शाह, अब्बास अफ्रिदी, मोहम्मद हरिस (विकेटकिपर), मोहम्मद नवाज, साहिबजादा फरहान (विकेटकिपर), सैम अयुब, सलमान मिर्जा र सुफियान मुकीम ।
यसैबीच पाकिस्तानका केन्द्रीय अनुबन्धित खेलाडीहरूको तलबमा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ । पाकिस्तान बोर्डले केन्द्रीय अनुबन्धित खेलाडीहरूको लागि १८.३० अर्बको बजेट पारित गरेको छ, जुन गत वर्षको तुलनामा ३७ प्रतिशतले बढी हो । साथै यस वर्ष केन्द्रीय अनुबन्धमा समावेश खेलाडीहरूको संख्या पनि बढ्ने छ । पहिले पाकिस्तान बोर्डले केन्द्रीय अनुबन्धमा २५ खेलाडीहरूलाई स्थान दिने गर्थ्यो, तर अबदेखि ३० खेलाडीहरू समावेश गरिनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology