Logo

२०८३, आश्विन ११गते


images
images

यूइएफए महिला युरो कप : जर्मनी र स्वीडेन क्वाटरफाइनल प्रवेश

यूइएफए महिला युरो कप : जर्मनी र स्वीडेन क्वाटरफाइनल प्रवेश

images
  • यूइएफए महिला युरो कप : जर्मनी र स्वीडेन क्वाटरफाइनल प्रवेश
    images
    images

    काठमाडौं । आठपटकको विजेता जर्मनी र स्वीडेन जारी यूइएफए महिला युरो च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लगातार दोस्रो जितका साथ समूह सी बाट जर्मनी तथा स्वीडेन क्वाटरफाइनल प्रवेश गरेका हुन्

    images
    images
    images

    समूह चरणको दोस्रो खेलमा जर्मनीले डेनमार्कलाई २-१ ले हरायो भने सोही समूहको अर्को खेलमा स्वीडेनले पोल्याण्ड विरुद्ध ३-० को जित निकाल्यो । यसअघि आफ्नो पहिलो खेलमा स्वीडेनले डेनमार्कलाई र जर्मनीले पोल्याण्डलाई हराएका थिए । 

    images
    images
    images

    दुई खेलको नतिजापश्चात समान ६-६ अंक जोडेका स्वीडेन र जर्मनी समूह सी को पहिलो र दोस्रो स्थानमा छन् । उनीहरु एक खेल अगाडी नै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । अंकविहीन डेनमार्क र पोल्याण्ड भने क्रमशः तेस्रो र चौथो स्थानमा छन् । उनीहरु समूह चरणबाटै बाहिरिएका छन् ।

    images
    images
    images

    समूह चरणको अब अन्तिम खेल १२ जुलाईमा हुनेछ । जसमा स्वीडेन र जर्मनी भिड्ने छन् । यी दुई टोलीबीचको नतिजाले समूह सी को विजेता र उपविजेता टोलीको टुंगो लाग्नेछ । त्यस्तै सोही दिन डेनमार्क र पोल्याण्ड पनि प्रतिष्ठाका लागि भिड्नेछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।