Logo

२०८३, आश्विन ११गते


images
images

टप इण्ड टि ट्वान्टी सिरिजका लागि पाकिस्तान ‘ए’ टिम घोषणा

टप इण्ड टि ट्वान्टी सिरिजका लागि पाकिस्तान ‘ए’ टिम घोषणा

images
  • टप इण्ड टि ट्वान्टी सिरिजका लागि पाकिस्तान ‘ए’ टिम घोषणा
    images
    images

    काठमाडौं । टप इण्ड टि ट्वान्टी सिरिजमा नेपालसँग खेल्नको लागि पाकिस्तान ‘ए’ टिम घोषणा भएको छ । अस्ट्रेलियामा आगामी महिना हुने टप इण्ड कपका लागि पाकिस्तान ‘ए’ टिम घोषणा भएको हो । 

    images
    images
    images

    पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले शनिवार मोहम्मद इरफान खानको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । लगातार तेस्रो पटक सिरिजमा सहभागीता जनाउन लागेको पाकिस्तान ‘ए’ गत संस्करणमा सेमिफाइनलमा एडिलेट स्ट्राइकरको एकेडेमी टोलीसँग पराजित भएको थियो ।

    images
    images
    images

    पाकिस्तान ‘ए’ र नेपाली राष्ट्रिय क्रिकेट टिमबिच २२ अगस्टमा खेल हुनेछ । सिरिज अगस्ट १४ देखि २४ अगस्टसम्म अस्ट्रेलियाको डार्विनमा आयोजना हुदैछ । सिरिजमा नेपाल र पाकिस्तान ‘ए’ को अलावा अन्य ९ वटा टिमको सहभागिता रहने छ ।

    images
    images
    images

    एनटीको आयोजनामा हुने सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किङ्गसम्यान छन् ।

    त्यस्तै सिरिजमा बिगबास लिग (बिबिएल) का हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका एकेडेमी टिमहरु सहभागी हुने छन् । स्थानीय दुई टोलीको समेत प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।

    तालिका अनुसार खेलहरु पाँच वटा स्थानिय मैदानमा हुनेछ । अगस्ट १४ मा पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ को बीचमा उद्घाटन खेल हुनेछ । नेपालको पहिलो खेल भने अगस्ट १५ अर्थात साउन ३ मा नर्दन टेरिटोरी स्ट्राईकसँग हुने छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टप इण्ड टि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।