Logo

२०८३, आश्विन ९गते


images
images

उद्योग व्यापार संघ देवदहको पदस्थापन कार्यक्रम

उद्योग व्यापार संघ देवदहको पदस्थापन कार्यक्रम

images
  • उद्योग व्यापार संघ देवदहको पदस्थापन कार्यक्रम
    images
    images

    देवदह । उद्योग व्यापार संघ देवदहको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । असार ७ गते सम्पन्न संघको तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शनिवार पदस्थापन गरिएको हो ।

    images
    images
    images

    अधिवेशनले गणेश कुमार खातीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । जसको वरिष्ठ उपाध्यक्षमा अमृत बहादुर फुल्लेल क्षेत्री, वाणिज्य उपाध्यक्षमा ओम बहादुर परियार, महिला उपाध्यक्षमा जित कुमारी राना र उद्योग  उपाध्यक्षमा गंगा बहादुर विक, महासचिवमा धन बहादुर पुँवर, सचिवमा विनिराम सोमै, कोषाध्यक्षमा पदमराज पौडेल तथा सदस्यहरुमा शान्ता आचार्य, शिवलाल विक, बलराम चापागाईं र गणेश विक रहेका छन् । 
     
    पदस्थापन कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार महासंघका महासचिव खेमनारायण पराजुलीले साना तथा मझौला उद्योगी व्यवासयीहरुको व्यापार विस्तार र व्यवसायीमैत्री वातावरण निर्माण तथा बन्द उद्योगहरू सञ्चालन गर्न  व्यवसायिक संघ संगठनहरुले भुमिका खेल्नुपर्ने बताए । उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको समर्थन गर्दै त्यसको व्यवहारिक कार्यान्वयनमा बैंकहरुले सहयोग गर्नुपर्ने विचार राखे । 

    images
    images
    images

    बन्द रहेका र जिर्ण सरकारी उद्योगहरु निजीकरण गर्न लागिएको बताउंदै उनले निजीकरणको सट्टा उद्योग व्यापार संघलाई उद्योग चलाउन दिए आफुहरुले नाफामा चलाइदिने बताए । 

    images
    images
    images

    उनले सरकारको गलत नीतिका कारण सुनचांदी उद्योगमा कार्यरत हजारौं कर्मचारीको रोजगारी गुम्ने खतरा रहेको औंल्याए । 

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका देवदह अध्यक्ष दीपक न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष माधव रिमाल, देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ लगायतले बोलेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।