Logo

२०८३, कार्तिक ३०गते


images
images

अर्घाखाँची र सिराहाबाट हातहतियारसहित दुई जना पक्राउ

अर्घाखाँची र सिराहाबाट हातहतियारसहित दुई जना पक्राउ

images
  • अर्घाखाँची र सिराहाबाट हातहतियारसहित दुई जना पक्राउ
    images

    बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिका–१ नयाँगाउँ बस्ने ४६ वर्षीय हिम बहादुर सारूलाई एकनाले भरूवा बन्दुक १ थान, फलामको छर्रा १७ थान, केप १९ थान, सिसाको छर्रा २ थान र बारूद सहित शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । 

    images
    images
    images

    यसैगरी सिराहाको भगवानपुर गाउँपालिका-४ ठाडी बजारबाट एकनाले कटुवा पेस्तोल २ थान र थ्रिनटथ्री राईफलको गोली २ राउण्ड सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी बलान बिहुल गाउँपालिका-२ डिगीया टोल बस्ने ४५ वर्षीय जगदिश यादव रहेका छन् । उनलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ । 

    images
    images
    images

    प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले उक्त स्थानमा रोकी राखेको बा.३० प ५३१९ नम्बरको मोटरसाइकल तलासी गर्दा उक्त हातहतियार फेला पारी चालक यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।