Logo

२०८३, कार्तिक ३०गते


images
images

धानखोला–लमही सडक

धानखोला–लमही सडक नेपालमै पहिलो पटक 'फूल डेप्थ रिक्लेमेसन' प्रविधिबाट मर्मत गरिने

धानखोला–लमही सडक नेपालमै पहिलो पटक 'फूल डेप्थ रिक्लेमेसन' प्रविधिबाट मर्मत गरिने

images
  • धानखोला–लमही सडक नेपालमै पहिलो पटक 'फूल डेप्थ रिक्लेमेसन' प्रविधिबाट मर्मत गरिने
    images

    दाङ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत धानखोलादेखि लमहीसम्मको सडक चौडा तथा सडक सतह पुनःस्थापना गर्न प्रयोग गरिने आधुनिक उपकरण दाङ आइपुगेको छ ।

    images
    images
    images

    मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत बन्ने सडक मर्मत आयोजनाका लागि फूल डेप्थ रिक्लेमेसन उपकरण ल्याइएको हो । नेपालमै पहिलो पटक प्रयोग गर्न लागिएको यो प्रविधिबाट पुरानो सडकमा रहेको अस्फाल्टलगायत सामग्री पुनःप्रयोग गरी टिकाउ, किफायती र वातावरणमैत्री सडक निर्माण गरिने एमसीए नेपालले जानकारी दिएको छ । एमसीए नेपालले यो प्रविधिमार्फत सडक मर्मत कार्यलाई थप प्रभावकारी र कुशल बनाउने लक्ष्य राखेको छ ।

    images
    images
    images

    फुल डेप्थ रिक्लेमेसन (एफडीआर) सडक पुनःस्थापना गर्ने आधुनिक प्रविधि हो । यस प्रक्रियामा पुरानो सडकको अस्फाल्ट र त्यसको तल्लो तहका सामग्रीलाई विशेष उपकरणले पिसेर एकै ठाउँमा मिसाइन्छ । त्यसमा पानी र सिमेन्टलगायतका बाँध्ने सामग्री थपेर बलियो बनाइन्छ। त्यसपछि आवश्यक आकार दिई थिचेर नयाँ आधार तयार गरिन्छ र त्यसमाथि अस्फाल्ट वा अन्य सतह निर्माण गरिन्छ ।

    images
    images

    यो प्रविधिले सडकमा देखिने गहिरा खाल्डा, चिरा, भासिने र सतह बिग्रने समस्या समाधान गर्न सहयोग गर्छ । परम्परागत रूपमा सडक पूर्ण रूपमा भत्काएर पुनर्निर्माण गर्नुभन्दा ४० देखि ८० प्रतिशतसम्म कम खर्च लाग्ने, पुरानै सडकका सामग्री पुनःप्रयोग हुने र निर्माण सामग्री ढुवानीको आवश्यकता घट्ने यसको मुख्य विशेषता हुन् । साथै, निर्माण अवधि छोटिने भएकाले यातायात अवरोध पनि कम हुन्छ ।

    आयोजनाअन्तर्गत धानखोला-लमही सडकको चौडाइ १२ मिटर बनाइनेछ । जसमा सात मिटर चौडाइको मुख्य सडक र दुवैतर्फ साढे दुई–साढे दुई मिटरका सडक किनारा निर्माण गरिने जानकारी दिइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धानखोला–लमही सडक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।