Logo

२०८३, आश्विन ११गते


images
images

यू-२० महिला साफ : नेपालले आज बंगलादेशको सामना गर्दै

यू-२० महिला साफ : नेपालले आज बंगलादेशको सामना गर्दै

images
  • यू-२० महिला साफ : नेपालले आज बंगलादेशको सामना गर्दै
    images
    images

    काठमाडौँ । नेपालले आज साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत दोस्रो खेल खेल्दैछ । 

    images
    images
    images

    नेपालले प्रतियोगिताको दोस्रो खेलमा आज आयोजक बंगलादेशको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार साँझ ६: ४५ बजेदेखि शुरु हुदैछ । बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुने यो खेलको प्रत्यक्ष प्रशारण 'Sportzworkz' युट्युब च्यानलबाट हुने एन्फाले जानकारी दिएको छ ।

    images
    images
    images

    नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ गोल अन्तरले पराजित गरेको थियो । 

    images
    images
    images

    नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुनेछ ।

    यस प्रतियोगितामा नेपालले बंगलादेशविरुद्ध, जुलाई १५ मा श्रीलंकाविरुद्ध खेल्ने तालिका छन् । त्यस्तै नेपालले जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

    साफ च्याम्पियनसिप खेल्ने राष्ट्रिय यू-२० महिला टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङका अनुसार बिर्साना चौधरीको कप्तानीमा मैदान र बेञ्चमा गरेर २३ खेलाडी रहेका छन् । 

    जसमा, गोलकिपरः लिला जोशी, करुण बुढाथोकी र सुजाता तामाङ ।

    डिफेन्डरः सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पाण्डक, सिमरन राई, झुमा विश्वकर्मा, गंगा रोकाया, अनिशा राई र सीता रोकाया ।

    मिडफिल्डर: कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, बिर्साना चौधरी (कप्तान) र सेनु परियार ।

    फरवार्डः कुसुम खतिवडा, सुक्रिया मिया, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा र समीक्षा मगर ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू-२० महिला साफ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।