Logo

२०८३, कार्तिक ३०गते


images
images

मोहम्मद सिराजलाई कारवाही: फिसको १५ प्रतिशत जरिवाना, एक डिमेरिट पोइन्ट

मोहम्मद सिराजलाई कारवाही: फिसको १५ प्रतिशत जरिवाना, एक डिमेरिट पोइन्ट

images
  • मोहम्मद सिराजलाई कारवाही: फिसको १५ प्रतिशत जरिवाना, एक डिमेरिट पोइन्ट
    images

    काठमाडौँ । भारतका तीव्र गतिका बलर मोहम्मद सिराजलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ । म्याच फिस बाहेक, उनलाई एक डिमेरिट पोइन्ट पनि दिइएको छ ।

    images
    images
    images

    लर्ड्समा जारी इङल्याण्डविरुद्धको तेस्रो टेस्टको चौथो दिन बेन डकेटलाई आउट गरेपछि सिराज आक्रामक रूपमा सेलिब्रेसन गरेकोप्रति आइसीसीले आचारसंहिताको लेभल-१ उल्लङ्घन गरेको भन्दै कारवाही गरेको हो ।

    images
    images
    images

    आइतबार, इङल्याण्डका बेन डकेटको विकेट पाउने बित्तिकै सिराज आक्रामक रूपमा उत्सव मनाएका थिए । उनी डकेट नजिक पुगेर उनको काँधमा ठोक्किएका थिए । त्यसपछि फिल्ड अम्पायर सिराजलाई सम्झाउन पुगेका थिए ।

    images
    images

    सिराजले आफु विरुद्धको अपराध स्वीकार गरेका छन् । मैदानमा रहेका अम्पायरहरू पल रेफेल र शरफुद-उद-दौलाह इब्ने शाहिद, तेस्रो अम्पायर अहसान रजा र चौथो अम्पायर ग्राहम लोयडले सिराजको आरोप तय गरेका थिए ।

    २४ महिनाको अवधिमा यो सिराजको दोस्रो डिमेरिट पोइन्ट थियो, जसले उनको डिमेरिट पोइन्ट संख्या दुई पुगेको छ । उनको अघिल्लो डिमेरिट पोइन्ट डिसेम्बर ७, २०२४ मा अष्ट्रेलिया विरुद्धको एडिलेड टेस्टको समयमा आएको थियो । २४ महिनाको अवधिमा चार वा सोभन्दा बढी डिमेरिट पोइन्ट जम्मा गर्ने खेलाडीहरूलाई प्रतिबन्ध लाग्ने नियम रहेको छ ।

    आईसीसी आचार संहिता अनुसार, लेभल-१ र लेभल-२ को उल्लङ्घनले १ देखि २ डिमेरिट पोइन्टका साथै म्याच शुल्कको शून्य देखि ५० प्रतिशतसम्म शुल्क तिर्नुपर्ने हुन्छ । लेभल-३ को उल्लङ्घनले ६ टेस्ट र १२ एकदिवसीय खेल निलम्बनमा पर्छ ।

    सिराजलाई १ डिमेरिट पोइन्ट जरिवाना गरिएको छ। अर्कोतर्फ, यदि कुनै खेलाडीले २४ महिनामा चार वा सोभन्दा बढी डिमेरिट पोइन्ट पाएमा निलम्बन पोइन्टमा परिणत हुन्छन्, त्यसपछि खेलाडीलाई एक टेस्ट वा दुई एकदिवसीय वा दुई टी-२० खेलको लागि प्रतिबन्ध लगाउन सकिन्छ । डिमेरिट पोइन्ट २४ महिनासम्म रेकर्डमा रहन्छ, त्यसपछि ती हटाइन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।