काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार छापावाल सुनको मूल्य तोलामा १३ सयले घटेर तोलाको एक लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलवार सुन तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको २२६० रुपैयाँमा कारोबार भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology