Logo

२०८३, आश्विन ११गते


images
images

आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने टिमको बिदाई

आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने टिमको बिदाई

images
  • आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने टिमको बिदाई
    images
    images

    काठमाडौँ । ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोलीको बिदाई गरिएको छ ।  

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले ३८औं आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने ८ खेलाडीसहित १३ सदस्यीय नेपाली सेपाकताक्रो टोलीलाई बिदाइ गरेका हुन् ।

    images
    images
    images

    जुलाइ २२ देखि २८ तारिखसम्म थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले रेगु, क्वाड्रेन्ट, मिक्स क्वाड्रेन्ट र हुपताक्रो स्पर्धामा प्रतिस्पर्धा गर्ने छ ।

    images
    images
    images

    आईएसटीएएफ विश्व च्याम्पियनसिपमा सहभागी हुने खेलाडीमा रोशन तामाङ (कप्तान), पदमबहादुर ठाडा मगर, सुजन थिङ, राजन नेपाली, सनम पुर्जा पुन, मिजास लामा, सुमित्रा डंगोल र निरु थापा मगर रहेका छन् । 

    त्यस्तै अफिसियलमा व्यवस्थापक नेत्रप्रसाद गुरुङ, प्रशिक्षक अक्कलबहादुर तामाङ र टेकबहादुर बुढा मगर, निर्णायक मेघराज तोलङगी तथा आईटीओ नेसिर मास्के रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।