Logo

२०८३, आश्विन ११गते


images
images

यू-२० महिला च्याम्पियनसिपमा नेपालको बंगलादेशलाई हराएर उपाधि जित्ने अवसर

यू-२० महिला च्याम्पियनसिपमा नेपालको बंगलादेशलाई हराएर उपाधि जित्ने अवसर

images
  • यू-२० महिला च्याम्पियनसिपमा नेपालको बंगलादेशलाई हराएर उपाधि जित्ने अवसर
    images
    images

    काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिपको सोमबार हुने नेपाल र बंगलादेशविरुद्धको खेल फाइनल खेल हुने भएको छ ।

    images
    images
    images

    नेपालले उपाधि जित्न सोमवार हुने बंगलादेशविरुद्धको खेल जित्नै पर्ने भएको छ । यो खेल सोमवार साँझ नेपाली समय अनुसार ६: ४५ बजेदेखि शुरु हुने छ । 

    images
    images
    images

    हाल सम्म सम्पन्न ५-५ खेलपछि बंगलादेश अपराजित रहदै पाँचै खेल जितेर १५ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल भने बंगलादेशविरुद्ध एक हार बेहोरेर ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

    images
    images
    images

    नेपालले यस प्रतियोगिताका ५ खेलमा ३० गोल गरेको छ । र गोल अन्तरमा बंगलादेशभन्दा ६ गोलले अगाडी रहेकाले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमा उपाधि जित्ने छ । त्यस्तै तेस्रो स्थानमा रहेको भुटानले ५ खेलमा एक मात्र जित हासिल गरेको छ भने श्रीलंकाले पाँचै खेलमा हार बेहोरेको छ ।

    नेपालले बंगलादेशसँगको खेलमा अन्तिम मिनेटमा गोल खाएर ३-२ को दुर्भाग्यपूर्ण हार बेहोरेको थियो । अन्य खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ ।   नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० को अन्तरले हरायो भने भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० ले हरायो ।

    प्रतियोगितामा नेपालकी पुर्णिमा राईले सर्बाधिक १० गोल गरेकी छन् भने मीना देउवाले ७ गोल अग्रेकी छन् ।

    नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २१ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू-२०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।