Logo

२०८३, आश्विन ११गते


images
images

भारतीय अलराउण्डर रेड्डी इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए

भारतीय अलराउण्डर रेड्डी इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए

images
  • भारतीय अलराउण्डर रेड्डी इङल्याण्डविरुद्धको टेस्ट सिरिजबाट बाहिरिए
    images
    images

    काठमाडौँ । भारतीय अलराउण्डर नितिश कुमार रेड्डी इङल्याण्डविरुद्धका बाँकी दुई टेस्टबाट बाहिरिएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले चोटका कारण नितिश बाँकी दुई टेस्टबाट बाहिरिएको जानकारी दिएको छ ।

    images
    images
    images

    नितिशले इङल्याण्डविरुद्धका लर्डस र बिर्मीङहम टेस्ट खेलेका थिए ।  उनले लर्डस टेस्टमा ३ विकेट लिएका थिए भने दुवै टेस्टका चार इनिंगमा कुल ४५ रन मात्र बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै तिब्र गतिका बलर अर्शदीप सिंह म्यानचेस्टरमा विहिबारदेखि हुने इङल्याण्डविरुद्धको चौथो टेस्टबाट बाहिरिएका छन् । प्रशिक्षण सत्रमा नेटमा बलिङ गर्दा उनको देब्रे औंलामा चोट लागेको थियो । त्यस्तै बोर्डले अंशुल कम्बोजलाई टोलीमा थपेको छ । कम्बोज म्यानचेस्टरमा टोलीमा सामेल भएका छन् । 

    images
    images
    images

    भारतीय टिमलाई चोटले प्रभाव पार्ने देखिएको छ । विकेटकिपर ब्याट्सम्यान ऋषव पन्त र तिब्र गतिका बलर आकाशदीप पनि चोटका कारण चौथो टेस्ट खेल्ने बारे अन्योल रहेको बताइएको छ ।

    ५ खेलको टेस्ट सिरिजमा इङल्याण्ड हाल २-१ ले अगाडी रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।