Logo

२०८३, आश्विन ११गते


images
images

महिला युरो कप

इङल्याण्ड महिला युरो कपको फाइनलमा

इङल्याण्ड महिला युरो कपको फाइनलमा

images
  • इङल्याण्ड महिला युरो कपको फाइनलमा
    images
    images

    काठमाडौँ । इङल्याण्ड जारी महिला युरो कपको फाइनलमा पुगेको छ ।

    images
    images
    images

    गएराती सम्पन्न पहिलो सेमिफाइनलमा इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    images
    images
    images

    निर्धारित ९० मिनेटको खेलमा १-१ गोल भएपछि खेल ३० मिनेट अतिरिक्त समयमा खेलाइएको थियो । ९० मिनेटपछि इन्जुरी समयमा मिशेल अग्येमाङले गोल गर्दै खेल बराबरी गरेपछि इङल्याण्ड खेलमा फर्किएको थियो ।

    images
    images
    images

    यस अघि खेलको ३३औं मिनेटमा बारबरा बोनान्सीको गोलमा इटालीले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलिएको अतिरिक्त समयको ११९औं मिनेटमा क्लो म्यागी केलीले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएकी थिइन् ।

    योसँगै डिफेन्डिङ च्याम्पियन रहेको इङल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा पुगेको छ । अब इङल्याण्डले फाइनलमा जर्मनी र स्पेनबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आज राति हुदै छ । त्यस्तै फाइनल भने जुलाई २७ मा हुदैछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।