Logo

२०८३, आश्विन १०गते


images
images

मोटरसाइकल दुर्घटनामा परि माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

मोटरसाइकल दुर्घटनामा परि माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको निधन

images
  • मोटरसाइकल दुर्घटनामा परि माओवादी केन्द्र रुपन्देही जिल्ला इन्चार्ज बन्जाडेको  निधन
    images
    images

    बुटवल । नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे 'टंकमणी' को दुर्घटनामा परि निधन भएको छ । मंगलबार साँझ बुटवलमा बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएपछि घाईते भएका बन्जाडेको बुटवलस्थित सिटि अस्पतालमा बुधबार बिहान ५:३० बजे निधन भएको सो पार्टीले जनाएको छ ।

    images
    images
    images


    भालुवाङबाट फर्किदै गर्दा बुटवल उपमहानगरपालिकाको बेलबासमा  ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो ।    दुर्घटना लगत्तै अस्पताल पुर्याईएका उनलाई बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    images
    images
    images


    राम्रो भाषणकला र कुशल व्यवस्थापनका धनी बन्जाडेले जनयुद्धको क्रममामा पार्टी नेतृत्वसंगै सप्लाई बिभागमा लामो समय काम गरेका थिए । 

    images
    images
    images


    बिद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका बन्जाडे अखिलको  केन्द्रिय महासचिव सम्म भएका थिए । 


    लामो समय अर्घाखाँची र रुपन्देहीको पार्टीको नेतृत्व गरेका बन्जाडे युवा देखि वृद्धसम्म चर्चित थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।