Logo

२०८३, आश्विन १०गते


images
images

हिमालयन बैंकको एफपिओ बाँडफाँड

हिमालयन बैंकको एफपिओ बाँडफाँड

images
  • हिमालयन बैंकको एफपिओ बाँडफाँड
    images
    images

    काठमाडौँ । हिमालयन बैंक लिमिटेडको एफपिओ बाँडफाँड भएको छ । मंगलवार वितरण हिमालयन बैंक लिमिटेडको कमलादीस्थित कार्यालय परिसरमा एफपीओ बाँडफाँड भएको हो ।

    images
    images
    images

    स्वीकृत भएका १७ लाख ६ हजार ३११ आवेदन मध्ये लक्की ड्र बाट  ९ लाख २५ हजार ४६ आवेदकले १०-१० कित्ता सेयर पाएका छन् भने ९ जनाले एक एक कित्ता सेयर पाएका छन् ।  

    images
    images
    images

    एफपीओमा १८ लाख २५ हजार ९२२ आवेदकहरूले कुल ३ करोड ८५ लाख ९१ हजार १६० शेयरको लागि आवेदन पेश गरेकोमा १७ लाख ६ हजार ३११ आवेदन स्वीकृत भएका थिए ।

    images
    images
    images

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि असार ३२ गतेदेखि साउन ४ गतेसम्म एफपीओ जारी गरेको थियो ।

    बैंकले एक अर्ब ४५ करोड २३ लाख बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

    हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एफपिओ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।