Logo

२०८३, आश्विन ११गते


images
images

ग्लोबल छनोट

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने

images
  • टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने
    images
    images

    काठमाडौँ । आइसीसी टी-२० महिला विश्वकप क्रिकेटको ग्लोबल छनोट नेपालमा हुने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले बिहीबार विश्वकपको ग्लोबल छनोट नेपालमा हुने जानकारी दिएको छ । प्रतियोगिता २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ ।  

    images
    images
    images

    यस छनोट प्रतियोगितामा नेपालसहित १० देश सहभागी हुने छन् । नेपालले एसियाली छनोटको दोस्रो स्थानमा रहँदै पहिलो पटक ग्लोबल छनोटमा स्थान बनाएको थियो । एसियाली छनोटबाट थाइल्याण्ड र नेपाल छानुत भएका थिए भने अमेरिका क्षेत्रीय छनोटबाट अमेरिका छनौट भएको छ । त्यस्तै २०२४ मा आईसीसी महिला विश्वकपमा सहभागिता जनाएकाले बंगलादेश र आयरल्याण्डले सिधै ग्लोबल छनोट खेल्ने छन् ।

    images
    images
    images

    त्यसैगरी अफ्रिका र युरोपबाट ग्लोबल छनौट खेल्ने २-२ तथा पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटबाट एक देशको टुंगो लाग्न बाँकी रहेको छ ।  

    images
    images
    images

    १० देशलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्सको शीर्ष ४ मा रहने देश विश्वकपमा छनौट हुने छन् । आइसिसीले प्रतियोगिताको खेल तालिका पछि सार्बजनिक गर्ने बताएको छ ।  इङल्याण्ड र वेल्सले संयुक्त रुपमा आयोजना गर्ने आईसीसी महिला टी-२० विश्वकप २०२६ को जुन १२ देखि जुलाई ५ सम्म चल्नेछ । 

    यस विश्वकपमा इङल्याण्ड आयोजकको रुपमा सहभागी हुने छ भने अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सिधै छनौट भएका छन् । त्यस्तै वरियताका आधारमा पाकिस्तान र श्रीलंका पनि विश्वकपका लागि छनौट भइसकेका छन् ।   

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।