गुल्मी । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य सुदर्शन बरालले नेकपा एमाले लाेप हुन थालेको टिप्पणी गरेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिकाकाे दाेस्राे नगर सम्मेलनलाई प्रमुख अतिथिकाे रुपमा सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य समेत रहेको माओवादी नेता बरालले नेकपा एमालेकाे चितवनमा भएको अधिवेशनमा लाेपन्मुख गैँडाले झण्डा उचाल्नुले एमाले पार्टी नै लाेप हुन थालेको टिप्पणी गरेका हुन् ।
साथै उनले नेकपा एमालेकाे अधिवेशन नारायणी नदिकाे किनारमा भएको भन्दै सिङ्गो पार्टी घाटमा पुगिसकेको बताए । कार्यक्रममा नेता बरालले माओवादीलाई सखाप पार्न विभिन्न शक्तिहरु लाग्दा समेत तिनिहरुलाई परास्त गर्न आफुहरु सफल बताएका थिए । 'नेपालका काङ्ग्रेस, एमाले र राजा मात्र नभई बिदेशी शक्ति पनि माओवादी पार्टी सखाप पार्न लागेको थियो ।' नेता बरालले भने, "विदेशी शक्तिले जनयुद्धकाे कालदेखि अहिलेसम्म निरन्तर माओवादी सखाप पार्न चलखेल गरिरहेका छन् ।" जनताको अपार साथले सारा शक्ति र संसार लाग्दा पनि माओवादी झनै बलियो बनेको उनको दावी छ ।

पछिल्लो समय नेता कार्यकर्ता माझ पुग्न नसकेको बिषयमा आफू जानकार भएको भन्दै बरालले कार्यकर्ताकाे घरघरमा पुग्नुमा कमजोरी भएको र आफुहरु सुविधामुखी भएको सम्बन्धमा केही कमजोरी रहेको बताएमा थिए ।
आफ्नो पार्टीले मुलुककाे १८ घण्टे लाेडसेडिङ्ग हटाएको र भारतमा बिजुली बेच्न सफल भएको समेत कार्यकर्ता माझ स्पष्ट पारेका थिए । नेकपा माओवादी केन्द्र रेसुङ्गा नगरपालिकाकाे खुल्ला शत्र सकिएकाे छ ।
अब बन्द शत्र सुरु हुने र नयाँ नेतृत्व चयन हुने सो पार्टीले जनाएको छ ।
गुल्मीमा माओवादीका ६ हजार पार्टी सदस्य रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology