Logo

२०८३, आश्विन ११गते


images
images

ऐतिहासिक जित

बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई

बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई

images
  • बान्टमवेट च्याम्पियन बनेका रवीन्द्र ढाँटलाई प्रधानमन्त्री ओलीको बधाई
    images
    images

    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा जित हासिल गरेर बान्टमवेट च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई  बधाई दिएका छन् ।

    images
    images
    images

    नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा ऐतिहासिक जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।  

    images
    images
    images

    प्रधानमन्त्री ओलीले भनेका छन्- 'भारतका चोंगरेंग कोरेनलाई हराउँदै रविन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएको छ । पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रविन्द्रलाई हार्दिक बधाई ।' 

    images
    images
    images

    रवीन्द्रले डिफेन्डिङ च्याम्पियन भारतका चुनरेङ कोरेनलाई पराजित गरेका हुन् । उनले तेस्रो राउण्डको ५४ सेकेन्डमा कोरेनलाई नकआउट गरेका थिए । व्यावसायिक फाइटमा नवौं जित दर्ता गर्दै रवीन्द्रले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट हात पारेका छन् ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवीन्द्र ढाँट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।