Logo

२०८३, श्रावण २७गते


images
images

कोरियन भाषा परीक्षा

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

images
  • कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
    images
    images

    काठमाडौं । कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ । ईपीएस कोरिया शाखाले सन् २०२५ को प्रथम चरणको उत्पादनमुलक क्षेत्र र कृषि तथा पशुपालन क्षेत्रका लागि आवेदन खुलाएको जानकारी दिएको छ ।

    images
    images
    images

    जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय गरेर भाषा परीक्षामा ५३ सय हुने उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ । 

    images
    images
    images

    साथै कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने शाखाले जानकारी दिएको छ । परीक्षाका लागि साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ । 

    images
    images
    images

    शाखाले अर्को सूचना प्रकाशित गरेर परीक्षाको तालिकाबारे जानकारी गराउने जनाएको छ भने एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुने साथै आवेदक संख्याका आधारमा वा अन्य विविध कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने बताइएको छ । एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र दरखास्त फाराम भर्न पाउने छ ।

    दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरियन भाषा परीक्षा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।