भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका तथा आवेदन फारम बुझाउने सम्बन्धमा सूचना प्रकाशित गरेको छ ।
वैशाखमा सम्पन्न कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भई सैद्धान्तिक विषयहरूमा न्यूनतम डी ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा दुई विषयमा अनुपस्थित भएका वा एउटै विषयमा एनजी वा अनुपस्थित भएका नियमित परीक्षार्थीहरू मात्र मौका परीक्षामा सहभागी हुन पाउने बोर्डले
जानकारी दिएको छ ।
परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार बिहान ११ बजेबाट २ बजेसम्म सञ्चालन हुने भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology