Logo

२०८३, आश्विन ९गते


images
images

चीनले अमेरिकालाई दुई पाण्डा दिदै, एटलान्टा चिडियाखानामा राखिने

चीनले अमेरिकालाई दुई पाण्डा दिदै, एटलान्टा चिडियाखानामा राखिने

images
  • चीनले अमेरिकालाई दुई पाण्डा दिदै, एटलान्टा चिडियाखानामा राखिने
    images
    images

    काठमाडौँ । अमेरिकाको एटलान्टा चिडियाखानामा केही दिनमै दुईवटा विशाल पाण्डा नयाँ बासस्थानका रूपमा पुग्ने भएका छन् ।

    images
    images
    images

    चिनियाँ राष्ट्रपति सी जीनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको ह्वाइट हाउसको स्वागत समारोहमा बोल्दै यसको जानकारी दिएका हुन् ।

    images
    images
    images

    चीन वन्यजन्तु संरक्षण संघ र एटलान्टा चिडियाखानाबीच गत वर्ष विशाल पाण्डाको संरक्षण तथा अनुसन्धानमा नयाँ चरणको अन्तर्राष्ट्रिय सहकार्य सुरु गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार चीनको छेन्दुस्थित विशाल पाण्डा प्रजनन अनुसन्धान केन्द्रबाट भाले पिङ पिङ र पोथी फु श्वाङलाई १० वर्षे संरक्षण सहकार्यका लागि अमेरिका पठाइने भएको हो ।

    images
    images
    images

    पाण्डाको स्वास्थ्य तथा सुरक्षित बसोबास सुनिश्चित गर्न अमेरिकी पक्षले उनीहरूको आगमनअघि चिडियाखानास्थित पाण्डा राख्ने संरचनाको स्तरोन्नति र पुनर्निर्माण गरेको छ । चिनियाँ विज्ञहरूले समेत संरचना, हेरचाह, व्यवस्थापन, खाद्य सामग्री तथा स्वास्थ्य उपचारसम्बन्धी मापदण्डबारे प्राविधिक मार्गदर्शन दिएका छन् ।

    चीन र अमेरिकाबीच विशाल पाण्डा संरक्षणसम्बन्धी सहकार्य लामो समयदेखि सञ्चालन हुँदै आएको वन्यजन्तु संरक्षण कार्यक्रममध्ये एक हो । सन् १९९४ मा चीन वन्यजन्तु संरक्षण संघ र सान डिएगो चिडियाखानाबीच सम्झौता भएपछि दुई देशबीच पाण्डा संरक्षण सहकार्य सुरु भएको थियो ।

    तीन दशकभन्दा लामो सहकार्यमा दुवै देशका अनुसन्धानकर्ताले पाण्डाको व्यवहार, पोषण, पशु उपचार, प्रजनन, आनुवंशिक अध्ययन तथा रोग रोकथामलगायत क्षेत्रमा संयुक्त अनुसन्धान गर्दै आएका छन् ।

    अमेरिकामा रहेका विशाल पाण्डाबाट हालसम्म १७ वटा पाण्डाका बच्चा जीवित जन्मिएका छन् । तीमध्ये सान डिएगोमा ६, वासिङ्टनमा ४ र एटलान्टामा ७ वटा जन्मिएका छन्। प्रत्येक पाण्डाको जन्मले अमेरिकामा पाण्डाप्रति आकर्षण बढाउँदै आएको बताइएको छ ।

    नयाँ चरणको चीन–अमेरिका सहकार्यअन्तर्गत पाण्डामा देखिने प्रमुख रोगको रोकथाम तथा उपचार, वैज्ञानिक तथा प्राविधिक आदानप्रदान, जंगली पाण्डाको संरक्षण र विशाल पाण्डा राष्ट्रिय निकुञ्जको विकासलगायत क्षेत्रमा सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चीन
  • # पाण्डा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।