Logo

२०८३, आश्विन ९गते


images
images

प्रकोपको जोखिम

चीनले भन्यो- सीमामा बनेको ताल फुट्ने उच्च जोखिम

चीनले भन्यो- सीमामा बनेको ताल फुट्ने उच्च जोखिम

images
  • चीनले भन्यो- सीमामा बनेको ताल फुट्ने उच्च जोखिम
    images
    images

    काठमाडौं । नेपालको छोछेन खोला र पुरेपु छाङ्पो नदीको संगम नजिकै ठूलो प्राकृतिक ताल बनेको चीनको जलस्रोत मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको छ भने तालबाट पानी बाहिर बग्नसमेत सुरु भएको छ ।

    images
    images
    images

    यसअघि चिनिया सरकारी सञ्चारमाध्यम सिसिटिभीले पनि भिडियो फुटेज नै जारी गरेर २० लाख घनमिटरसहितको पानीको ताल बनेको उल्लेख गरेको थियो । मन्त्रालयले आगामी तीन दिन थप बर्षाको सम्भावना रहेको ३० लाख घन मिटर पानी सो तालमा थपिन सक्ने बताएको छ । 

    images
    images
    images

    चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउदै सम्भावित ताल फुटेमा बाढी कसरी फैलिन सक्छ भन्ने विषयमा बाढीको नमुना अध्ययन तथा विश्लेषणसमेत भइरहेको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    नेपाल–चीन सीमा क्षेत्रमा नेपालकोतर्फबाट गएको भीषण लेदो पहिरोले चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रस्थित जिरोङ बन्दरगाहमा ठूलो क्षति पुर्‍याएपछि चिनियाँ पक्षले विभिन्न तहबाट उद्धार तथा राहत टोली परिचालन गरेको  चीनको सञ्चारमाध्यम ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

    चीनले आफ्नो तर्फको बाढीपछिको उद्धार कार्यमा आपत्कालीन उद्धारकर्मी, चिनियाँ जनमुक्ति सेना, प्राविधिक तथा निर्माण टोली, दूरसञ्चार सेवा प्रदायक र राहत संस्थाहरू परिचालन गरेको जनाएको छ । तर प्रभावित क्षेत्रमा कठिन भौगोलिक अवस्था, निरन्तर वर्षा र थप विपद्को बढ्दो जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको चिनियाँ पक्षले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चीन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।