Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

images
  • रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  सचिवालय बैठक आज बस्ने भएको छ ।  प्रवक्ता मनिष झाका अनुसार रास्वपाको सचिवालय बैठक आज दिउसो ३ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो । 

    images
    images
    images

    सचिवालय बैठकमा समसामयीक राजनैतिक एवं पार्टी गतिविधि, संसदीय दलको बैठक रुपन्देही अपडेट, रुपन्देही ३ उपनिर्वाचन तयारी अपडेट,  सुदुरपश्चिम प्रदेश समस्या समाधान कार्यदलको प्रगति अपडेट लगायत विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।  

    images
    images
    images

    त्यस्तै बैठकमा विधान ब्याख्या (अनुशासन आयोगको प्रयोजनको लागि) अनुमोदन, रुपन्देही उपनिर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता, प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सुचिबाट नाम हटाउने सम्बन्धी, अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा फ्युचर लिडर्स समिट आयोजना गर्ने बारे लगायत समेत छलफल हुने एजेण्डा रहेको छ ।

    images
    images
    images

    त्यस्तै बैठकमा भिजिट भिसा प्रकरण छानविन समितिको म्याद थप, केन्द्रीय समिति बैठक र प्रस्तावित विषयहरु, रणनीतिक समुहहरु गठन, विभाग प्रमुख नियुक्त गर्ने, विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको ब्यवस्था गर्न दवाव दिने अभियान बारे र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर प्रभावकारी बनाउने सम्बन्धमा छलफल हुने प्रवक्ता झाले बताएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।