१० बैशाख एजेन्सी- इण्डियन प्रिमियर लिग (आईपीएल)मा बिहीवार भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले राजस्थान रोयल्समाथि १० विकेटको सानदार जित निकालेको हो ।
मुम्बईको वाङ्खडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले १६.३ ओभरमा बिना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
बैंगलोरका लागि देबदत्त पाडिकलले शतकीय पारी खेले । ५२ बल खेलेका उनले ११ चौका र ६ छक्काको सहयोगमा १०१ रन बनाए । पाडिकलको आईपीएल इतिहासमा यो पहिलो शतक हो । त्यस्तै ७४ बल खेलेका विराट कोहलीले ६ चौका र ३ छक्काको हसयोगमा ७२ रन बनाए । 
योसँगै विराट आईपीएल इतिहासमा ६ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले बिहिवारको खेलमा ६ हजार रन पूरा गरे । उनले १८८ पारीमा ६ हजार रन बनाएका हुन् ।
उता राजस्थानका लागि शिभव दुबेले सर्वाधिक ४६ रन बनाउँदा राहुल तवातियाले ४० रन बनाए । त्यस्तै, रियान परागले २५ र सन्जु सामसनले १० रन जोडे । बेङ्ग्लोरका लागि मोहाम्मेद सिराज र हर्सल पटेलले ३/३ विकेट लिँदा कायल जेमिसन, केन रिचर्डसन र वासिङ्टन सुन्दरले समान १/१ विकेट लिए ।
बेङ्ग्लोरको यो लगातार चौँथो जित हो । बेङ्ग्लोर आठ अंक सहित तालिकाको शिर्ष स्थानमा छ। चार खेलमा एक खेल मात्रै जितेको राजस्थान तालिकाको पुछारमा छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology