Logo

२०८३, आश्विन ११गते


images
images

युनाइटेड सेस्को प्रति सकारात्मक

युनाइटेड सेस्को प्रति सकारात्मक

images
  • युनाइटेड सेस्को प्रति सकारात्मक
    images
    images

    काठमाडौं । म्यानचेस्टर युनाइटेडले आरबी लाइपजिगका स्ट्राइकर बेञ्जामिन सेस्कोका लागि ८५ मिलियन युरोसम्म पुग्ने प्रस्ताव राखेको छ ।

    images
    images
    images

    यो प्रस्तावमा ७५ मिलियन युरो ग्यारेन्टी तिर्ने विषय समावेश गरिएको जनाइएको छ । २२ वर्षीय स्लोभेनियाली फरवार्डलाई ओल्ड ट्राफोर्ड ल्याउन चाहने युनाइटेडले त्यो मूल्यांकन उपयुक्त भएको विश्वास गरेको छ ।

    images
    images
    images

    सेस्को आफैँ पनि युनाइटेड जान इच्छुक रहेको अनुमान गरिएको छ । यद्यपि यसको औपचारिक जवाफ आइसकेको छैन ।

    images
    images
    images

    न्युक्यासल युनाइटेडले पनि सेस्कोमा चासो देखाउँदै करिब ८० मिलियन युरोको प्रस्ताव दिइसकेको बताइएको छ । न्युक्यासल लाइपजिगसँग छलफल गर्दैछ ।

    युनाइटेडको प्रस्तावलाई विशेष रुपमा हेरिएको छ । सेस्को युनाइटेडमा जान इच्छुक भएको खण्डमा मात्र ठोस प्रस्ताव गर्ने भनिएको थियो ।
     
    सेस्कोलाई ल्याउन युनाइटेडले डेनिस स्ट्राइकर रस्मुस होइल्युन्डलाई क्लब बाहिर पठाउने तयारी पनि गरेको छ ।

    सेस्कोले लाइपजिगबाट ८७ खेलमा ३९ गोल गरेका छन् । ६ फिट ५ इन्च उचाइका उनी ओल्ड ट्राफोर्डको अग्रपंक्तिमा शारीरिक प्रभावशाली उपस्थिति थप्ने विश्वास लिइएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सेस्को
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।