कैलाली । कैलाली कारागारमा भएको झडपको कारण पत्ता लगाउन जिल्ला सुरक्षा समितिको बैठकले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति बनाएको हो।
समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य छन्। समितिलाई प्रतिवेदन पेस गर्न १० दिनको समय दिइएको छ।
हिजो राति कारागारभित्र कैदीबन्दीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। तीमध्ये तीनको अवस्था गम्भीर छ र एक जनाको आइसियुमा उपचार भइरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology