Logo

२०८३, भाद्र १गते


images
images

शान्ति वार्ता

रुस अमेरीका वार्ताको तयारी : युक्रेनलाई समावेश गर्नुपर्नेमा युरोपेली देशको जोड

रुस अमेरीका वार्ताको तयारी : युक्रेनलाई समावेश गर्नुपर्नेमा युरोपेली देशको जोड

images
  • रुस अमेरीका वार्ताको तयारी : युक्रेनलाई समावेश गर्नुपर्नेमा युरोपेली देशको जोड
    images
    images

    काठमाडौँ । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा किभलाई समावेश गर्नुपर्ने बताएका छन् । सहयोगीहरूले युक्रेनलाई सहभागी नबनाए कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा पनि जोड दिएका छन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अलास्कामा युक्रेनको युद्ध बारेमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी गरिरहेका बेला युरोपेली देशले यस्तो बताएका हुन् ।

    images
    images
    images

    बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा किभ बिना युक्रेनमा शान्तिको बाटो खोल्न नसकिने बताइएको छ ।

    images
    images
    images

    ट्रम्प र पुटिन बीचको वार्तामा युक्रेनलाई अझै आमन्त्रित गरिएको छैन । युक्रेनको समावेशीकरण नभएकोमा चिन्तित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन बिनाको कुनै पनि सम्झौता अमान्य हुने बताएका छन् ।

    ट्रम्प पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठक गर्न इच्छुक भएपनि पुटिनको इच्छा अनुसार पहिलो चरणमा ट्रम्पसँग मात्र छलफल हुन लागेको बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।