Logo

२०८३, आश्विन ९गते


images
images

आमाको निधन भएपछि ललित अस्ट्रेलिया नजाने : आलमलाई टिममा बोलाइयो

आमाको निधन भएपछि ललित अस्ट्रेलिया नजाने : आलमलाई टिममा बोलाइयो

images
  • आमाको निधन भएपछि ललित अस्ट्रेलिया नजाने : आलमलाई टिममा बोलाइयो
    images
    images

    काठमाडौँ । अस्ट्रेलियमा हुने टप इन्ड टी-२० सिरिजमा ललित राजवंशीको स्थानमा साहब आलमले खेल्ने भएका छन् । यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा राखिएको हो ।

    images
    images
    images

    ललितकी आमाको आइतवार बिहान विराटनगरस्थित निवासमा निधन भएको थियो । नेपाली टोली टप इन्ड सिरिज खेल्न अस्ट्रेलियाको डार्विन जाँदैछ ।

    images
    images
    images

    क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम रहेका छन् । 

    images
    images
    images

    अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता आगामी अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।

    प्रतियोगितामा नेपालसहित पाकिस्तान र बंगलादेशका ए टिम सहभागी हुदैछन् भने शिकागो किंग्समेन, होबर्ट हुरीकेन्स, पर्थ स्कोर्चर्स, एडिलेड स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनेगेड्स, एसिटी कमेट्स, र एनटी स्ट्राइक सहभागी हुदैछन् ।

    नेपालले १५ अगस्तमा एनटी स्ट्राइकसँग, १६ अगस्तमा बंगलादेश ए मा, १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका भएको छ ।

    २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिने भएको आयोजकले जनाएका छन् ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ललित
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।