Logo

२०८३, श्रावण २७गते


images
images

मल आपूर्ति

रासायनिक मल अभाव बारे प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै

रासायनिक मल अभाव बारे प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै

images
  • रासायनिक मल अभाव बारे प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्दै
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्न लागेका छन् ।

    images
    images
    images

    प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

    images
    images
    images

    किसानलाई आवश्यक पर्ने मलको मौज्दात हुँदा र थप मल आउने क्रम जारी रहँदा पनि किसानले समयमा मल नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले समस्या समाधानमा उच्च प्राथमिकता दिँदै आएका छन् । प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै कृषिमन्त्रीसहित सम्बन्ध अधिकारीसँगको छलफलमा मलको अभाव नहुने गरी काम गर्न र नेपालमै रासायनिक मलको उत्पादन कारखाना खोल्न तथा प्राङ्गारिक मलको उत्पादन र प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।