Logo

२०८३, आश्विन ११गते


images
images

किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै

किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै

images
  • किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेशको लिग खेल्ने भएका छन् ।  चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका हुन् ।

    images
    images
    images

    किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन् । सन् २००७ देखि राष्ट्रिय टोलीको गोलकिपरको रुपमा खेल्दै आएका ३५ वर्षीय किरण पछिल्लो समय क्लबविहीन थिए । यो उनको चौथो विदेशी क्लब हो । 

    images
    images
    images

    यो सम्झौतासँगै किरण नेपाली राष्ट्रिय टिमका सहकर्मी आयुष घलानसँगै लिग खेल्ने भएका छन् । २१ वर्षीय घलान पनि बंगलादेश पुलिस क्लबमा आवद्ध रहेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।