Logo

२०८३, आश्विन ११गते


images
images

ओलम्पिक कमिटी

तदर्थ समिति अधिकारीक होइन : नेपाल ओलम्पिक कमिटी

तदर्थ समिति अधिकारीक होइन : नेपाल ओलम्पिक कमिटी

images
  • तदर्थ समिति अधिकारीक होइन : नेपाल ओलम्पिक कमिटी
    images
    images

    काठमाडौँ । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले तदर्थ समिति गठन गरिएको भन्ने विज्ञप्तिप्रति आफुहरुको गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    राष्ट्रिय खेलकुद परिषदमा दर्ता रही आवधिक रुपमा निर्वाचन हुँदै आएको अध्यक्ष जीवनराम श्रेष्ठ र राजिव श्रेष्ठ महासचिव रहेको एक मात्र नेपाल ओलम्पिक कमिटी नेपालको आधिकारीक, अर्न्तराष्ट्रिय ओलम्पिक कमिटी, ओलम्पिक काउन्सिल अफ एशिया र  एसोसियसन अफ नेशनल ओलम्पिक कमिटीजबाट मान्यता प्राप्त ओलम्पिक रहेको स्पष्ट गरिएको छ । 

    images
    images
    images

    विज्ञप्तिमा अर्न्तराष्ट्रिय ओलम्पिक कमिटीको बडापत्र तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ दफा ३७ ले समेत एउटा देशमा एउटा मात्र ओलम्पिक कमिटी रहन सक्ने व्यवस्था गरेको उल्लेख गर्दै एउटा ओलम्पिक कमिटी हुँदा हुँदै केही अनाधिकृत व्यक्तिहरुको भेलाले तदर्थ समिति गठन गर्न नसकिने उल्लेख गरेको छ । 

    images
    images
    images

    विज्ञप्तिमा भनिएको छ 'यस्तो भेलाबाट तदर्थ समिति गठन गर्दे जाने हो भने अनकेन तदर्थ समिति गठन हुन सक्छन् तर त्यस्ता कुनै पनि कमिटीहरु आधिकारीक रहन सक्दैन । नेपाल ओलम्पिक कमिटी तदर्थ समिति गठन गरिएको भनी जारी प्रेश विज्ञप्तिमा प्रयोग भएको लेटर प्याड यस नेपाल ओलम्पिक कमिटीको हो । लेटर प्याडमा प्रयोग ओलम्पिक रिङ्ग, लोगो अर्न्तराष्ट्रिय ओलम्पिक कमिटीको सम्पति हो । यसको प्रयोग अर्न्तराष्ट्रिय ओलम्पिक कमिटीको मान्यता प्राप्त आधिकारीक नेपाल ओलम्पिक कमिटीले मात्र प्रयोग गर्न पाइन्छ । तसर्थ नेपाल ओलम्पिक कमिटीको लेटर प्याड तथा रिङ्ग लोगो र ओलम्पिक झण्डाको प्रयोग अनाधिकृत रुपमा प्रयोग नगर्न सम्बन्धित सबैलाई यसै विज्ञप्ति द्वारा सूचित गर्दछौ ।'

    नेपालमा ओलम्पिक गतिविधी गर्ने, अर्न्तराष्ट्रिय ओलम्पिक कमिटीको छाता भित्र आयोजना हुने खेलकूद प्रतियोगिताहरुमा नेपालको सहभागीता को सुनिश्चितता यस आधिकारीक ओलम्पिक कमिटीले मात्रै गर्दे आएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि खेलाडीहरुको खेल्न पाउने अधिकारको सुनिश्चितता अर्न्तराष्ट्रिय मान्यता प्राप्त यस आधिकारीक नेपाल ओलम्पिक कमिटीले नै गर्ने हुँदा कुनै पनि प्रकारको भ्रममा नपर्न सम्पूर्ण खेल संघ खेलाडी तथा खेलकुद प्रेमीहरुमा हार्दिक अनुरोध गरेको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाल ओलम्पिक कमिटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।