काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिवार छापावाल सुन तोलाको एक सयले बढेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधवार सुन तोलाको एक लाख ९६ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको २३२५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology