काठमाडौँ । बायर्न म्युनिखले यस बर्षको डिएफएल सुपरकप जितेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले भिएफबी स्टुटगार्टलाई २-१ गोल अन्तरले पराजित गर्दै यस बर्षको डिएफएल सुपरकप जितेको हो ।
बायर्न म्युनिखको जितमा ह्यारी केन र लुइस डियाजले एक एक गोल गरेका थिए । त्यसैगरी भिएफबी स्टुटगार्टका लागि एक गोल जामी लेवेलिंगले गरेका थिए । डिएफएल सुपरकप हरेक बर्ष गत सिजनको बुन्डेसलिगा र डिएफबि पोकल विजेता टिमबीच खेल्ने गरिन्छ । कुनै बर्ष दुवै उपाधि एकै क्लबले जितेमा डिएफबि पोकलको उपविजेताले सुपर कप खेल्ने गर्दछ ।
डिएफएल सुपरकपको उपाधि अहिलेसम्म बायर्न म्युनिखले सबैभन्दा बढी ११ पटक जितेको छ । त्यस्तै बोरुसिया डोर्टमण्डले ६ पटक यो उपाधि जितेको छ । बायर्न म्युनिखले यो उपाधि २०२२ पछि यस बर्ष जितेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology