Logo

२०८३, श्रावण २७गते


images
images

लुम्बिनी प्रदेश

प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री आचार्य

प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री आचार्य

images
  • प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री आचार्य
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राङ्गारिक मल उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । शुद्धोधन गाउँपालिका–१ मानपकडीस्थित सर्मिला इन्टिग्रेटेड एग्रिकल्चर फर्मको अनुगमन गर्दै उनले रासायनिक मलको अभाव कम गर्न प्राङ्गारिक मललाई प्रभावकारी विकल्पका रूपमा अघि बढाउने बताएका हुन् ।

    images
    images
    images

    उनका अनुसार प्राङ्गारिक मलको उत्पादन र प्रयोगमार्फत केही वर्षभित्र लुम्बिनीलाई प्राङ्गारिक प्रदेशको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । सामुदायिक संस्था, निजी क्षेत्र र उद्यमीसँग साझेदारी गरेर उत्पादन बढाउने वातावरण बनाउन प्रदेश सरकार सक्रिय हुने बताएका छन् ।

    images
    images
    images

    प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थीले किसानले भोगिरहेको मल अभाव समाधानका लागि प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए । उद्यमी सीपी शर्माले राज्यले सहयोग गरे दैनिक ४० टन र वार्षिक १५ हजार टन प्राङ्गारिक मल उत्पादन सुरु गर्न सकिने जानकारी दिएका छन् ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।