Logo

२०८३, आश्विन ११गते


images
images

पाकिस्तानी क्रिकेट टिम

आजम र रिजवान बिना एसिया कप खेल्ने पाकिस्तानी टिमको घोषणा

आजम र रिजवान बिना एसिया कप खेल्ने पाकिस्तानी टिमको घोषणा

images
  • आजम र रिजवान बिना एसिया कप खेल्ने पाकिस्तानी टिमको घोषणा
    images
    images

    काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई बाहिर राख्दै एसिया कप २०२५ खेल्ने पाकिस्तानी क्रिकेट टिमको घोषणा गरेको छ । आइतबार बोर्डले सलमान अली आघाको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो ।

    images
    images
    images

    पाकिस्तानले आफ्ना स्टार खेलाडी बाबर आजम र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई बाहिर राखेको छ । एसिया कप अघि यस पाकिस्तानी टिमले युएईमा अफगानिस्तान र युएईसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।

    images
    images
    images

    पाकिस्तानको टिम- सलमान आघा (कप्तान), अबरार अहमद, फहीम अस्रफ, फखर जमान, ह्यारिस राउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुर्शदिल शाह, मोहम्मद ह्यारिस (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद वसीम जुनियर, साहिबजादा फारहान, साइम अय्युब, सलमान मिर्जा, शाहिन शाह अफ्रिदी र सुफयान मोकीम रहेका छन् ।

    images
    images
    images

    एशिया कपमा पाकिस्तान भारत, ओमान र युएईसँगै समुह ए मा रहेको छ । पाकिस्तानले पहिलो खेल ओमानसँग १२ सेप्टेम्बरमा, दोस्रो खेल भारतसँग १४ सेप्टेम्बरमा र तेस्रो खेल युएईसँग १७ सेप्टेम्बरमा खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।