काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार छापावाल सुन तोलाको १२ सयले घटेर तोलाको एक लाख ९५ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमवार सुन तोलाको एक लाख ९६ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर २३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology