Logo

२०८३, आश्विन ९गते


images
images

एशिया कप

एशिया कप खेल्ने भारतीय क्रिकेट टिमको घोषणा

एशिया कप खेल्ने भारतीय क्रिकेट टिमको घोषणा

images
  • एशिया कप खेल्ने भारतीय क्रिकेट टिमको घोषणा
    images
    images

    काठमाडौँ । भारतले एसिया कप टी-२० खेल्ने टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्डले सूर्यकुमार यादवको कप्तानीमा एशिया कप खेल्ने टिमको घोषणा गरेको हो ।

    images
    images
    images

    एशिया कपका लागि टेस्ट कप्तान शुभमन गिललाई उपकप्तान बनाइएको छ । रिंकु सिंहले टिममा स्थान बनाउन सफल भएका छन् भने श्रेयस अय्यरलाई यस पटक पनि बेवास्ता गरिएको छ । भारतीय टोलीमा चार विशेषज्ञ ब्याट्सम्यान छन् भने चार अलराउन्डर छन् । जितेश शर्मा र सन्जु सामशनको रूपमा दुई विकेटकिपर ब्याट्सम्यान छन् भने तीन विशेषज्ञ पेसर र दुई विशेषज्ञ स्पिनर छन् ।

    images
    images
    images

    भारतीय टिम : सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, जितेश शर्मा, जसप्रीत बुमराह, वरूण चक्रवर्ती, अर्शदीप सिंह, कुलदीप यादव, संजु सामसन , हर्षित राणा र रिंकु सिंह ।

    images
    images
    images

    भारत एशिया कपमा पाकिस्तान, ओमान र युएईसँगै समुह ए मा रहेको छ । भारतले पहिलो खेल सेप्टेम्बर १० मा युएईविरुद्ध खेल्ने छ भने दोस्रो खेल सेप्टेम्बर १४ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल सेप्टेम्बर १९ मा ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एशिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।