Logo

२०८३, आश्विन ९गते


images
images

सकारात्मक सोच

देवदहमा शिक्षकलाई सकारात्मक सोच सम्बन्धी प्रशिक्षण

देवदहमा शिक्षकलाई सकारात्मक सोच सम्बन्धी प्रशिक्षण

images
  • देवदहमा शिक्षकलाई सकारात्मक सोच सम्बन्धी प्रशिक्षण
    images
    images

    देवदह । देवदहमा शिक्षकहरूलाई सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिइएको छ । देवदह वडा नं ५ को आयोजना तथा केरवानी माध्यमिक विद्यालयको व्यवस्थापनमा शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई प्रशिक्षित गरिएको हो ।  

    images
    images
    images

    मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको सहजिकरमा भएको कार्यक्रममा केरवानी र युगज्योति माविका शिक्षक तथा व्यवस्थापन समितिका पदाधिकारी, शान्तिप्रिय आधारभूत विद्यालय शिक्षक तथा देवदहका सबै सामूदायिक विद्यालयका प्रधानाध्यापकहरु सहभागी भएको केरवानी माविका सूचना अधिकारी खेमानन्द ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    शिक्षक जागरण, प्रेरणाको अभियान नाम दिइएको कार्यक्रममा प्रशिक्षणको औचित्यबारे बोल्दै केरवानी माविका अध्यक्ष विरेन्द्र पाण्डेले सकारात्मक सोचले शिक्षण सिकाईमा प्रगति हुने बताए । उनले सकारात्मक सोच वर्तमान आवश्यकता भएको बताउँदै शिक्षण प्रक्रियाबाटै त्यसको सुरुवात हुन जरुरी रहेको उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रममा वडा अध्यक्ष तथा देवदह नगर प्रवक्ता गणेश डुम्रे, विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगाना, देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष वासुदेव रिमाल, नगर शिक्षा समिति सदस्यहरु मित्रलाल न्यौपाने, झविन्द्र पाण्डे लगायतले बोलेका थिए । 

    प्रशिक्षणमा देवदहका विभिन्न विद्यालयबाट १०७ जना शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु सहभागी थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सकारात्मक सोंच
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।